• १५ असोज २०८३, बिहीबार
  • ८ः०७ राती

दोस्रो लहरको त्रासः ब्युँताउन थालियो कोभिड अस्पताल

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ०७:०३

काठमाडौं: कोरोनाभाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् ।

National Life

 

प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ,’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख अम्बिकाप्रसाद चापागाईंले भने, ‘बिरामी आउनसाथ राख्न समस्या हुन दिनेछैनौँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

 

करारका चिकित्सक, नर्स र पारामेडिकलाई फागुन २८ गते हटाइएको थियो ।

 

अस्पतालका निमित्त संयोजक एपोलो कुमार भगतले मन्त्रालयका सचिवसहित टोली आएर जनशक्तिका विषयमा छलफल गरेको बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिकृया