• २४ भदौ २०८३, बुधबार
  • ४ः३७ बेलुका

अलमलमा माओवादी केन्द्र

प्रकाशित मिति

२०७७ चैत्र १० गते, मंगलवार ०८:४६

काठमाडौं:  नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव लाने विषयमा अलमलमा परेको छ। प्राविधिक रूपमा सरकार अल्पमतमा परिहालेको छैन तर नेकपा एकीकरण बदर भई साबिकका माओवादी केन्द्र र एमाले ब्युँतिएपछि संकटमा भने परेको छ।

National Life

 

माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै सरकार अल्पमतमा पर्छ तर माओवादी केन्द्र समर्थन फिर्ता लिने अथवा अविश्वास प्रस्ताव लैजाने भन्ने विषयमा अनिर्णीत देखिएको छ। माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले स्थायी कमिटी बैठकमा अविश्वास प्रस्तावबारे छलफल हुने बताए। ‘हामी स्थायी कमिटीको बैठक बस्ने तयारीमा छौं।

Classic Tech Mobile
Classic Tech Desktop

 

सम्भवतः आज बैठक बस्छ। त्यही बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल हुनेछ’, उनले भने।प्रधानमन्त्री ओली अविश्वासको प्रस्ताव आएमा सामना गर्ने तयारीमा छन्। उनी जनता समाजवादी पार्टीसँग सहकार्य गरेर सरकार सञ्चालन गर्ने दाउमा छन्। एकपटक अविश्वासको प्रस्ताव ल्याएर असफल भयो भने एक वर्षसम्म फेरि यस्तो प्रस्ताव ल्याउन पाइँदैन।

 

यही कारण पनि माओवादीले तत्काल अविश्वास प्रस्ताव ल्याउन आनाकानी गरिरहेको स्रोतको दाबी छ। माओवादीले कांग्रेस र जसपासँग सत्ता सहकार्यका लागि प्रस्ताव भने गरिसकेको छ। जसपाको एउटा पक्ष ओलीसँग नरम रहेका कारण माओवादी अविश्वासको प्रस्ताव ल्याउन हच्किरहेको छ।

 

माओवादी स्रोतका अनुसार पार्टी आफैंले अविश्वासको प्रस्ताव ल्याउँदा प्रधानमन्त्रीको उम्मेदवार तोक्नुपर्ने र प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई प्रस्ताव गर्दा कांग्रेसको समर्थन आवश्यक पर्ने हुन्छ। कांग्रेसले नै सरकारको नेतृत्व गरोस् भन्ने चाहना माओवादीमा भएका कारण पनि संसद्मा अविश्वास प्रस्ताव नआएको स्रोतको दाबी रहेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिकृया