• २४ भदौ २०८३, बुधबार
  • ४ः०१ बेलुका

जसपासंग माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रकाशित मिति

२०७७ चैत्र १० गते, मंगलवार ०८:४०

काठमाडौंः नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमतिको नजिक पुगेका छन्। आफ्नो पार्टीले राख्दै आएका माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ।

National Life

 

जसपा स्रोतका अनुसार पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुर निकै नजिकिएका छन्। एक–डेढ महिनायता उनीहरूबीच पटकपटक भेटघाट र कुराकानी भएको स्रोतले बताएको छ। जसपाले राखेका माग पूरा गर्न सरकारले कार्यदलसमेत गठन गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

सो कार्यदलमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेताहरू सुवास नेम्वाङ र राजन भट्टराई छन्। जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदल बनाइएको छ।

 

शुक्ल र कर्ण दुवै अध्यक्ष ठाकुरनिकट हुन्। ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल नगरी आफ्नो एकल निर्णयमा कार्यदल गठन गरेका थिए। कार्यदल सहमतिनजिक पुगेको स्रोतको भनाइरहेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिकृया