• २३ भदौ २०८३, मंगलबार
  • १२ः२७ राती

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ,बीबी थापाको नयाँ रेकर्ड राख्ने प्रयास

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार ११:१६

‘म तिम्रो सहर छोडी टाढा’, ‘पुरानो डुङ्गा’ जस्ता चर्चित गीतका गीतकार बीबी थापाले एकैपटक २७ वटा म्युजिक एल्बम सार्वजनिक गरेका छन।

National Life

होटल अन्नपूर्णमा पूर्वउपराष्ट्रपति परमानन्द झाको उपस्थितीमा २७ ओटा एल्बमको एक सय ४५ ओटा गीत एकैसाथ सार्वजनिक गरिएको हो।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ क्याटोगोरीमा एकैसाथ एकै व्यक्तिको २७ एल्बम सार्वजनिक गरेर नयाँ कीर्तिमान कायम राख्ने गीतकार थापाको प्रयास रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

२७ वटा एल्बममा विभिन्न चर्चित र नयाँ कलाकारहरुले आफ्नो स्वर दिएका छन।

गीतकार बीबी थापाको एकल शब्द , मनोज चौलागाईको एकल संगीतमा रहेको एल्बम ‘मायाको डुङ्गा’ मा भने नव गायक कौशल राज खड्काको एकल स्वरमा रहेको छ।

‘कति हात’, ‘सम्बन्ध’, ‘राजधानी’, ‘लभर ब्वाई’, ‘चन्द्रागिरी हिल’ बोलका ५ वटा गीत यस एल्बममा समावेश छन ।

एल्बमको एउटा गीत ‘कति हात’को यसअघि नै भिडियो निर्माण गरि सार्वजनिक गरिसकिएको छ। बीबी थापा इन्टरटेन्मेन्टको निर्माणमा एल्बम तयार पारिएको हो।

प्रतिकृया