विश्वकप क्रिकेटः दक्षिण अफ्रिकासंग बंगलादेशको विजय
प्रकाशित मिति
२०७६ जेष्ठ २० गते, सोमबार ११:०९
विश्वकप क्रिकेटमा बंगलादेशले दक्षिण अफ्रिकासंग विजयी प्राप्त गरेको छ ।
लण्डनमा भएको क्रिकेट खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो ।

३३१ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०९ रन मात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए । उनले ५३ बलमा ५ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, ऐडन मारक्रम र जेपी डुमेनीले समान ४५(४५ रन बनाए ।
रसिइ भान डेर डुसेनले ४१ रन बनाउँदा डेभिड मिलर ३८ रनमा आउट भए । दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले आफ्नो टिमलाई जिततर्फ लान सकेनन् ।
बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । त्यस्तै मोहम्मद सइफुदिनले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले दक्षिण अफ्रिकालाई ३३१ रनको विशाल लक्ष्य दिएको थियो ।
बंगलादेशले पूरै ५० ओभरमा ६ विकेटको क्षतिमा ३३० रन बनाएको थियो । बंगलादेशका लागि मुश्फिक्यु रहिमले ७८ रन बनाए ।
त्यस्तै, शकिब अल हसनले ७५ रन बनाएका थिए । अविजित रहेका मोहमुदुल्लाहले ३३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४६ रन बनाए । ओपनर सौम्या सरकारले ४२ रन बनाउँदा मोसादक हुसेनले २६ र मोहम्मद मिथुनले २१ रन बनाए ।




प्रतिकृया