• २२ भदौ २०८३, सोमबार
  • ११ः३७ राती

बुधबार थपिए ९४ जना कोरोना संक्रमित

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार ०४:५४

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ।

National Life

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ।

हाल देशभर ९५४ सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया