• २७ भदौ २०८३, शनिबार
  • ४ः२४ बिहान

कोरोना पछि स्टेज कार्यक्रममा व्यस्त गायक आभाष श्रेष्ठ

प्रकाशित मिति

२०७७ फाल्गुन २९ गते, शनिबार १२:३१

 करिब एक बर्ष सम्म मारमा परेको नेपाली म्युजिक क्षेत्र बिस्तारै जुर्मुराउन थालेको छ। म्युजिक क्षेत्र मात्रै हैन अहिले नाम चलेका कलाकारको व्यस्तता हेर्न लायक बनिरहेको छ। देशैभरी मेला-महोत्सव सुरुभैसकेको छ भने राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकार पनि मेला-महोत्सवमा सहभागि भैरहेका छन्।

National Life

यस्तै महोत्सवमा व्यस्त रहिरहने एक चल्तिका गायक हुन आभाष श्रेष्ठ।  पछिल्लो समय फ्यान फलोईङ समेत बढ्दै गएका श्रेष्ठले देश तथा बिदेशका धेरै कार्यक्रममा सहभागि हुदै आएका छन्। कोरोना अधि सम्म निकै व्यस्त रहेका गायक श्रेष्ठ कोरोना पछि भने पहिलो पटक स्टेज चढ्दै छन्। लामो समयको कोरोना कहर पछि स्टेज चढ्दा उनि निकै खुसी लागेको बताउँछन्।

उद्योग बाँणिज्य महासंघ बर्दिविसले आयोजना गरेको बर्दिवास महोत्सवमा सहभागी हुदै छन्। यो महोत्सव उनकालागि बिषेश भएको श्रेष्ठ बताउँछन्। हुनत उनको बर्दिवासको महोत्सबमा उपस्थिती पहिलो भने होइन यस अघि पनि ३ पटक सम्म बर्दिबासका संगित पारखीलाई आफ्नो गजल गायनमा झुमाई सकेका छन्। स्टज जानु गायकलाई खासै नौलो त होईन तर लामो समय पछिको स्टेज अवतरणमा बेग्लै महसुस भएको उनको भनाई छ। “बर्दिबास संग मेरो छुट्टै भावना गाँसिएको छ जसको कारण पनि यो स्टेज मेरोलागि बिशेष छ” श्रेष्ठ भन्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यहि फागुन २५ गते देखि सुरु भएको महोत्सबमा उनि सहभागि हुने भएका हुन् भने बुधबार स्टेज तताउने भएका छन्। चैत्र ८ सम्म सञ्चालन हुने उक्त महोत्सबमा बिभिन्न बिधाका गायक गायिकाले आफ्नो प्रस्तुती दिनेछन्।

आधुनिक तथा गजल गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक श्रेष्ठले  आधुनिक र गजल गीत गाउँदै आएका छन्। उनका ‘तिमी छौ’, ‘ थाहै ‘नपाई’, ‘तिमी स्वास’  लगायत दर्जन बढि गित चर्चित छन्।

प्रतिकृया