• ३० भदौ २०८३, मंगलबार
  • ८ः१९ राती

मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै नागरिक समाजको मार्च

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०३:०३

काठमाडौँ: मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै नागरिक समाजले ‘मातृभाषा मार्च’ गरेको छ। शुक्रबार ललितपुरको पुल्चोकदेखि मंगलबजारसम्म ‘नागरिक मार्च’ गरिएको हो।

National Life

मार्चमा पत्रकार तथा लेखक नारायण वाग्ले, लेखक खगेन्द्र संग्रौला, कवि चन्द्रवीर तुम्बापो लगायतका नागरिक अभियान्ताहरु सहभागी भएका छन्। अभियान्ताहरुले भाषिक दमन बन्द गर्न माग गरेका छन्।

मार्चमा बृहत नागरिक आन्दोलन, आदिवासी जनजाती महासंघ, भाषिक अधिकार संघर्ष समिति लगायतको सहभागिता छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया