• २ असोज २०८३, शुक्रबार
  • ९ः१३ बिहान

जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा काँग्रेस गाउँपालिका सभापतिलाई ट्रकले ठक्कर दियो

प्रकाशित मिति

२०७७ फाल्गुन २७ गते, बिहीबार १२:२१

जेब्राक्रसिङबाट बाटो काट्दैगर्दा ट्रकले ठक्कर दिँदा काँग्रेस गाउँपालिका सभापति जय कर्ण मल्लको निधन भएको छ । मुगुको सोरु गाउँपालिका कार्यसमितिका सभापति ३७ वर्षीय जयकर्ण मल्ललाई गएराति ९ बजे बाँकेको कोहलपुरमा जेब्राक्रसिङबाट बाटो काटिरहेको अवस्थामा ट्रकको ठक्कर दिँदा उनको निधन भएको हो ।

National Life

उनको निधनमा काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले एक वक्तव्य जारी गर्दै मल्लले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । उनको निधनबाट नेपाली कांग्रेसले एक सक्रिय युवा नेतृत्वलाई गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ नेपाली कांग्रेस शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया