• ४ साउन २०८३, सोमबार
  • १:१२ बिहान

कञ्चनपुरमा सवारी चालकद्धारा महिलामाथि कुटपिट (भिडियो सहित)

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार ०३:०५

कञ्चनपुरमा एकजना सवारी चालकले बिच सडकमै महिलामाथि दुव्र्यवहार गर्दै कुटपिट गरेका छन्।

आज दिउँसो जिल्ला सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको उईङगर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग थापाले बोहोराले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेको जानकारी दिए।

Kamana Sewa

उनले धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको बताए। चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको बुझिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ भने महिलाको महाकाली अञ्चल अस्पतालमा चेकजाँच भइरहेको जनाएको छ। दिनेशखबरबाट साभार

Classic Tech Desktop

प्रतिकृया