• २४ भदौ २०८३, बुधबार
  • १२ः१२ दिउँसो

रोनाल्डोको शानदार प्रदर्शनमा युभेन्ट्सको जित

प्रकाशित मिति

२०७७ फाल्गुन ११ गते, मंगलवार ०७:२९

एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले शानदार प्रदर्शन गर्दा इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजि गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीले एक गोल गरे ।

National Life

खेलको ३८औँ र पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । ६६ औँ मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए । जितसँगै युभेन्ट्स २२ खेलमा ४५ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया