• २ असोज २०८३, शुक्रबार
  • ३ः०६ राती

सिभिल बैंकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने

प्रकाशित मिति

२०७७ फाल्गुन ९ गते, आईतवार ०२:३४

काठमाडौं: सिभिल बैंक लिमिटेडको १०औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।

National Life

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे अनुसार बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड दुई लाख ७१ हजार एक सय ७३ रुपैयाँ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४ सय ८२ रुपैयाँ नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ।

यस्तै सभाले आ.व. २०७७/०७८ को लेखापरिक्षण गर्नको लागि ‘एन.बि.एस.एम.एण्ड एशोसियट्स’लाई लेखापरीक्षकमा पुनः नियुक्त गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिन वा प्राप्ति (एक्विजिसन) गर्नेरहुने वा स्वदेशीरविदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।

बैंकले करिब ७८ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ।

प्रतिकृया