• २ असोज २०८३, शुक्रबार
  • २ः१८ राती

स्याङ्जामा राजमार्गसंग जोडिएका आधा दर्जन सडक पिच भएको मन्त्री अर्यालको दावी

प्रकाशित मिति

२०७७ फाल्गुन ९ गते, आईतवार ०२:२५

काठमाडौं: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले स्याङ्जाको सिद्धार्थ राजमार्गसंग जोडिएका आधा दर्जन सडक पिच भएको दावी गर्नुभएको छ। आईतबार वालिङ, भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सकड कालोपत्रे शिलन्यास गर्नुहुँदै मन्त्री अर्यालले यस्तो दावी गरेको हो।
राजमार्गसंग जोडिएका आधा दर्जन भित्रि सडकहरु यो ३ वर्षमा पिच भएको उनले दावी गरेकी छन्।

National Life

उनले भने, ‘हामी तथ्य, प्रमाणमा टेकेर बोल्छौँ । स्याङ्जाका आधा दर्जन भित्रि सडक पिच गरिएको छ। केहि हुँदैछन्। विकास भएको छ। जनताले विकासको अनुभूत गरेका छन्।’ गल्याङ, चापाकोट, सडक, अर्जुनचौपारी घण्टे सडक, प्याराग्लाईडिङ स्थल स्वरेक मैदान जाने बयरघारी बगरेबजार र अर्को वालिङ डौँवालगायतका सडक पिस भएको उहाँको भनाई छ।

आजै मन्त्री अर्यालले पेलाकोट पिडिखोला सडकको समेत कालोपत्रे शिलन्यास गर्दै छन्। भित्रि मुख्य सडक पिच गर्ने, जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने, गरिव पहिचान कार्यक्रमसंगै शिक्षामा समेत उल्लेख्य काम यो ३ वर्षमा भएको उनको भनाई छ।

Classic Tech Mobile
Classic Tech Desktop

विभिन्न पालिकामा उद्योग ग्राम स्थापना, कोल्ड स्टोरको स्थापना देखि सिटिहल निर्माण जस्ता काम गरेको भन्दै मन्त्री अर्यालले भने, ‘विकास भएकै छ। विकास नर्गर्ने मान्छेले अनावश्यक चर्चा गरे। यो ३ वर्षमा स्याङ्जा फेरिएको छ।’ शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलताका क्षेत्रमा काम भईरहेको भन्दै उनले भने, ‘विकास साझा हो विकासका लागी ३ तहकै सरकारबीच समन्वय हुनुपर्छ।’

प्रतिकृया