• ३१ भदौ २०८३, बुधबार
  • ११ः१२ राती

म्यानमारका सेना प्रमुखको फेसबुक पेज डिलिट

प्रकाशित मिति

२०७७ फाल्गुन ९ गते, आईतवार ०२:१०

काठमाडौं: फेसबुकले म्यानमारको सेनाको प्रमुख पेज डिलिट गरेको छ।

National Life

हिंसात्मक गतिविधिका लागि उक्साएको अभियोग लगाउँदै सावधानीका लागि म्यानमार सेनाको प्रमुख पेज डिलिट गरिएको सामाजिक सञ्जाल फेसबुकले जनाएको छ।

सैन्य कू विरुद्ध भएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोगका कारण शनिबार दुईजनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट फेसबुकले सेनाको पेज डिलिट गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्तालाई हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो। त्यसको विरोधमा विगत दुई हप्तादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ।

उनीहरुले नेतृ आङ साङ सूकीसहितलाई रिहा गरिनु पर्ने र निर्वाचित सत्ता पुनर्बहाली हुनु पर्ने माग गरेका छन्।

 

प्रतिकृया