• ३१ भदौ २०८३, बुधबार
  • ११ः१२ राती

१८ क्विन्टल गाँजा नष्ट गरेको भन्दै स्थानीयले गरे प्रहरीमाथि आक्रमण

प्रकाशित मिति

२०७७ फाल्गुन ९ गते, आईतवार ०१:२२

काठमाडौं: मकवानपुरमा बारीमा लुकाइराखिएको गाँजा बरामद गरी नष्ट गरेको भन्दै स्थानीयहरूले प्रहरीमाथि आक्रमण गरेका छन्। बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन्।

National Life

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका १ कुपिनटारमा आक्रमण भएको हो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले भने, ‘स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको हो।’

प्रहरीले शनिबार राक्सिराङ गाउँपालिका १ गाल्छाराङमा बारीमा लुकाइराखिएको १८ क्विन्टल गाँजा बरामद गरेको थियो। उक्त गाँजा नष्ट गरी कार्यालयतर्फ फर्कने क्रममा स्थानीयले बाटो अवरोध गरी प्रहरी र प्रहरीको गाडीमाथि आक्रमण गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको राक्सिराङ १ कुपिनटारबाटै १५ किलो गाँजा र १४ किलो भाङ बेवारिसे अवस्थामा बरामद गरेको समेत जनाएको छ।

 

प्रतिकृया