• २१ असोज २०८३, बुधबार
  • ४ः४४ बिहान

अवहेलना मुद्दाबारे लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार १२:०३

काठमाडौं: अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने भएका छन्।

National Life

बिहीबार प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भट्टराईलाई बाजे वकिल भनेर दायर भएको अवहेलना मुद्दामा अदालतमा लिखित जवाफ पेश गर्ने भएका हुन्। उनले वरिष्ठ अधिवक्ता भण्डारीले संसद पुनःस्थापनाको पक्षमा बहस गरेको भन्दै ‘बाजे वकिल’ भन्ने अभिव्यक्ति दिएका थिए।

वरिष्ठ अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले अदालतको अवहेलना गरेको भन्दै कारबाही लागि निवेदन दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

निवेदनमा सामान्य व्यक्तिलाई पनि क्षम्य नहुने व्यवहार प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिलाई झनै क्षम्य नहुने बताइएको छ । उनले निवेदनमा अदालतको अवहेलनामा कारवाही चलाई प्रधानमन्त्रीलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ बमोजिम हदैसम्मको सजायसमेत गर्न आग्रह गरेका थिए।

प्रतिकृया