• २१ असोज २०८३, बुधबार
  • ५ः५९ बिहान

नेपाली सेना राष्ट्रको रक्षा गर्न सक्षम छः प्रधानसेनापति थापा

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ०६:३९

काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनको भविष्य कोर्ने जिम्मेवारी वर्तमान नेतृत्वको भएको बताएका छन् । आज जङ्गी अड्डास्थित सगरमाथा हलमा चार दिवसीय गोष्ठीको समापन गर्दै प्रधानसेनापति थापाले परिवर्तन प्रबन्धन गर्ने रणनीति सफलताको लागि नेतृत्व वर्ग आफैमा स्पष्टता, शुद्धता, इमान्दारिता, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्ने बताए ।

National Life

आजको अस्थिर, अनिश्चित, अस्पष्ट र तरल सुरक्षा वातावरणमा परिवर्तन बाहेक अरु सबै अस्थायी हो । परिवर्तनको प्रकृति अपरिवर्तनीय छ । हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढिकरण तथा दीगोपनाको बिषयमा सबैमा समान समझदारीको विकास र प्रवर्द्धन आवश्यक देखिन्छ’, उनले भने ।

नेपाल विश्वकै पुरानो राष्ट्र रहेको र नेपाली सेना एसियाकै सबैभन्दा पुरानो सेना भएको बताए । ‘नेपाली सेना राष्ट्रको रक्षा गर्न सक्षम तथा समर्पित छ । परिवर्तनको शुरुवात गर्न आज जतिको उपयुक्त समय कहिल्यै नहुने वास्तविकता सबैले आत्मसात गरेमा आ–आफ्नो क्षेत्रमा वा संगठनमा परिवर्तनको वाहकको भूमिका निर्वाह गर्न सक्षम हुन्छौं’, उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

सेनाले ‘संगठनमा परिवर्तन सुदृढीकरण र दीगोपना’ सम्बन्धी ४ दिवसीय सेमिनार सम्पन्‍न गरेको छ । कार्यक्रमको अन्त्यमा उनले ६ जना गैर सैनिक तथा ११ जना सैनिक वक्ताहरुलाई मायाको चिनो तथा प्रमाणपत्र बितरण गरेका थिए ।सो समारोहमा इन्ड नोट एड्रेस गर्दै बलाधिकृत रथी प्रभुराम शर्माले सांगठनिक परिवर्तन सामुहिक प्रयास तथा जिम्मेवारीबाट मात्र सम्भव हुने र नेपाली सेना पेशेवार संगठनको रुपमा लक्ष्य प्राप्त गर्न निरन्तर लागीपर्ने बताउनु हुँदै सेमिनारलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।  सेमिनारमा सहभागि सैनिक ब्यक्तिहरुलाई प्रमाणपत्र समेत बितरण गरेका थिए ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृत वर्गको उपस्थितिमा जङ्गी अड्डामा सञ्चालन भएको उक्त ४ दिवसीय सेमिनारमा ६ जना गैर सैनिक तथा ११ जना सैनिक विषयविज्ञहरुबाट बिभिन्न महत्वपूर्ण बिषयहरुमा व्याख्यान, अन्तर्क्रिया तथा व्यापक छलफल भएको थियो ।

 

प्रतिकृया