प्रधानमन्त्री ओली र जापानी राजदूत मासामिची साइगोलबीच बिदाइभेट
प्रकाशित मिति
२०७७ फाल्गुन ६ गते, बिहीबार ०६:१३
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइभेट गरेका छन्। राजदुत साइगो आफ्नो दुई वर्ष ९ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्किन लागेका हुन्।
प्रधानमन्त्री ओलीले राजदुत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रममार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गरे।
आगामी दिनमा यी दुई घनिष्ट मित्र देश बीच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुख स्तरको भ्रमण आदान प्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गरे। त्यस्तै,राजदूत साइगोले आफ्नो कार्यअवधि भर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका थिए।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया