• २१ असोज २०८३, बुधबार
  • ५ः३२ बिहान

महिला ट्रेकिङ्ग उधमीहरुलाई प्रभु बैंक द्धारा सहुलियतपूर्ण कर्जा प्रदान

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०५:५९

काठमाडौं: प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालस “गको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला,खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

National Life

आज सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उधमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएका छन्।

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्गव्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उधमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उधम व्यवसायलाई पूनः सुचारु गर्दै जिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया