• २१ असोज २०८३, बुधबार
  • ४ः३२ बिहान

भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट नाबालक, के छ कानूनी व्यवस्था ?

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०४:००

काठमाडौं: माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट नाबालिग रहेको खुलेको छ। स्थानीय भूमिराज माध्यमिक विद्यालय चडेपानीमा अध्यनरत भट्टको एसईई प्रमाणपत्रमा वि।सं २०६१ फागुन १० जन्ममिति उल्लेख छ। प्रधानाध्यापक प्रजापति भट्टले उनको चारित्रिक प्रमाणपत्रमा २०६१ फागुन १० गते जन्ममिति रहेको जनाए। उनीविरुद्ध ‘बालबालिका सम्बन्धी ऐन २०७५’ को दफा ३६ आकर्षित हुने देखिएको छ।

National Life

दफा ३६ को उपदफा ३ मा चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्ष भन्दा कम उमेरको बालबाललकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानून बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा हुने व्यवस्था गरिएको छ।

सोही उपदफाको (च) मा भनिएको छ, ‘निजलाई भएको सजायभन्दा बढी अवधि नहुने गरी बाल सुधार गृहमा बस्न लगाउने।’
मुलुकी अपराध संहिता २०७४ को दफा ४१ मा यस संहितामा अन्य जनुसुकै कुरा लेखिएको भनिएता पनि देहायको कुनै कसुर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जिवित रहेसम्म कैद गर्नुपर्ने भनिएको छ । उनीमाथि दफा ४१ को (च) बमोजिम कसुर लाग्नेछ । (च) मा भनिएको छ, ‘जर्बजस्ती करणी गरी ज्यान मारेको ।’

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै दफा २१९ मा करणी गरेको कसूर उनीमाथि आकर्षित हुनेछ । उनीमाथि उपदफा (१), (२) र उपदफा (३) आकर्षित हुनेछ । उपदफा (१) मा जबरजस्ती करणी गर्न नहुने उल्लेख छ । त्यस्तै उपदफा (२) मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई जबरजस्ती करणी गरेको मानिने छ।’

उपदफा (३) को (घ) मा १६ वर्ष वा सोह्र वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्ष सम्म सजाय हुने व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले उनी नाबालक भएको सुन्नमा आएको र बलात्कार हत्याको आरोप प्रमाणित भए उनलाई सुधार गृहमा पठाइने जानकारी दिएका छन्।

‘उनले आफ्नो उमेर १७ वर्ष बताएका छन् । विद्यालय खुलेपछि हामी उमेर यकिन गर्छौं,’ डिआइजी सुवेदीले भने, ‘पक्राउ परेका किशोर नाबालक भए र उनीमाथि बलात्कारपछि हत्याको आरोप प्रमाणित भए उनलाई सुधार गृहमा पठाइनेछ।’

प्रतिकृया