भागरथी बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा शंका नगर्न प्रहरीको आग्रह
प्रकाशित मिति
२०७७ फाल्गुन ५ गते, बुधबार ०३:१८
काठमाडौं: बैतडीमा १७ वर्षिया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा आफुले गरेको अनुसन्धानमा शंका नगर्न प्रहरीले आग्रह गरेको छ।
सुदुर पश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले संकलन गरेका प्रमाणका आधारमा पक्राउ गरेका व्यक्ति नै संलग्न छन् भन्ने हाम्रो दावी हो’, डीआईजी सुवेदीले भने, ‘ हामीले कहिँ कतै त्रुटी गरेका छैनौँ। प्रारम्भिक अनुसन्धानको नतिजाले पक्राउ परेका व्यक्ति संलग्न रहेको देखिन्छ।’
प्रहरीले बुधबार राती मृतक भट्टकै गाउँका किशोरलाई पक्राउ गरेको थियो। प्रहरीले घटनामा ती किशोरले आफ्नो संलग्नता स्विकार गरेको दावी गरेको छ। ‘ आरोपितको बयान मात्र हैन की घटनाका बेला उनी घटनास्थलमा रहेको प्राविधिक अनुसन्धानले देखाउँछ। उनलाई त्यस क्षेत्रमा देख्ने मान्छेहरु पनि छन्’, उनले भने।
डीआईजी सुवेदीले चाँडै निर्मला पन्त बलात्कार र हत्याका घटनाको दोषीलाई पनि पक्राउ गरिने बताए। कार्यक्रममा सन्चारकर्मीले निर्मला हत्या प्रकरणमा पनि बयानकै आधारमा दिलिपसिंह विष्टलाई समातेर पछि छाड्नु परेको भन्दै प्रश्न गरेका थिए। स्रोतका अनुसार आरोपित किशोरले प्रारम्भिक बयानमा आफुले हत्या गरेको तर बलात्कार भने नगरेको बताएका छन्। पोष्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाएको थियो।
डीआईजी सुवेदीले थप प्राविधिक पुष्टीका लागि फोरेन्सिक ल्याबबाट परिक्षण हुने बताए। निर्मला हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्टको डीएनए नमिलेपछि उनलाई पछि छाडिएको थियो।








प्रतिकृया