• २० असोज २०८३, मंगलबार
  • ११ः३५ राती

भागरथीको हत्या गर्ने दिनेशलाई पक्राउ गरेपछि प्रहरीलाई लगाए गाउँलेले फूलमाला

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०१:३०

काठमाडौं: भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेर सार्वजनिक गर्ने तयारी गरेपछि बैतडीको दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई फूलमाला लगाएर बिदा गरेका छन्।

National Life

घटनाको अनुसन्धानका लागि खोचलेक प्रहरी चौकीमा पुगेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीलाई फूलमालासहित विदाइ गरिएको हो।

स्थानीयले प्रहरी अनुसन्धानमा सफल भएको भन्दै धन्यवाद समेत दिएका छन्। दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन्। २२ गते लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेपछि पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको खुलेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

उनको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत भागरथीकै छिमेकी दिनेश भट्टलाई पक्राउ गरेको छ।

प्रतिकृया