• २१ असोज २०८३, बुधबार
  • १२ः१० राती

नेपाली काँग्रेसको महाधिवेशन फेरि सार्ने देउवाको तयारी

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०१:४९

काठमाडौं: नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। पार्टीको महाधिवेशन सार्नका लागि बैठक बस्न लागेको हो।

National Life

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेपछि बैठक बस्ने तय भएको हो। यही फागुन ७ गतेदेखि महाधिवेश गर्ने तय गरेको काँग्रेस महाधिवेशन सर्ने निश्चित भइसकेको छ। महाधिवेशनका धेरै कामहरु गर्न नसकेकाले महाधिवेशन फेरी सानु परेको हो। यसअघि पनि पटक पटक महाधिवेशको मिति तोक्दै सार्दै आएको काँग्रेसले अव तोकेको मितिमा भने गर्नै पर्ने संवैधानिक दवाव रहेको छ।

चार बर्षे कार्यकाल सकिएपछि एक बर्ष म्याद थपेको काँग्रेसले थपिएको समयमा पनि महाधिवेशन गर्न नसकेपछि फेरी छ महिना थप गरेको छ। यस अवधिमा पनि अधिवेशन सम्पन्न गर्न नसकेमा पार्टी नै अवैध हुने निर्वाचन आयोगको दलसम्वन्धी ऐनमा व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना भाइरसको महामारीलाई बाहना बनाउदै काँग्रेसले महाधिवेशनका कुनैपनि गतिविधि नगरेपछि महाधिवेशन हुन नसकेको हो। काँग्रेसले अहिलेसम्म पनि क्रियासिल सदस्यताको विषयलाई टुंगो लगाउन सकेको छैन भने स्थानीय तहमा पार्टीको अधिवेशन अन्यौलमा रहेको छ।

आजको बैठकले महाधिवेशनको नयाँ मिति तय गर्दै महाधिवेशनका बाँकी प्रक्रिया अगाडि बढाउने निर्णय गर्न सक्ने नेताहरुले बताएका छन् । आगामी बैशाख देखि भदौ भित्रमा महाधिवेशनको मिति तोकिन सक्ने नेताहरुको भनाई छ।

 

प्रतिकृया