• १६ असोज २०८३, शुक्रबार
  • ११ः१२ राती

मध्य प्रदेशमा यात्रु बस दुर्घटनास् मृत्‍यु हुनेको संख्या ३९ पुग्‍यो, उद्धार कार्य जारी

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार ०३:१६

काठमाडौं: भारतको मध्य प्रदेशको सीधी जिल्लामा दुर्घटना भएको यात्रुबस पुलबाट नहरमा खस्दा मृत्‍यु हुनेको संख्या ३९ पुगेको छ।

National Life

५४ जना सवार बस पुलबाट नहरमा खसेको थियो जसमा ३९ जनाको शव निकालि सकिएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्।

बसबाट एनडीआरफ एसडीआरएफ, स्थानीय प्रशासनले अझै पनि नहरमा खसेकाहरुको उद्दार तथा खोजी कार्य गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा परी मर्नेहरु अधिकांश विद्यार्थीहरु रहेका छन्। ५४ यात्रीहरु बोकेर उक्त बस सीधीदेखि सतनातर्फ गइरहेको थियो। तर बाटोमा बलेरो गाडिलाई साइड दिन लाग्‍दा बस नहरमा खसेको थियो।

उक्त दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले दुस्ख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय आपतकालिन कोषबाट मृतकको परिवारलाई दुई दुई लाख दिने प्रतिवद्धता जनाएका छन्।साथै घाइते भएकाहरुलाई ५० हजार सहायता उपलब्ध गराउने मोदीले ट्विटरमार्फत बताएका छन्।

यस्तै उक्त राज्‍यका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकको परिवारलाई पाँच लाख रुपैयाँ सहायता गर्ने बताएका छन्।

यस्तै केन्द्रीय गृहमन्त्री अमित शाहले उक्त घटनाबारेमा मुख्‍यमन्त्री शिवराज सिंह चौहानसँग कुरा गरेर उद्दार र उपचार सहायता गर्ने बताएका छन्।

प्रतिकृया