• १३ असोज २०८३, मंगलबार
  • १०ः३५ बिहान

राष्ट्रपति, प्रधानमन्त्री लगायतका नेताहरुलाई पासपोर्ट उपहार दिएर प्रदर्शन

प्रकाशित मिति

२०७७ फाल्गुन ३ गते, सोमबार ०१:४६

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू शेर बहादुर देउवा, पुष्पकमल दाहाललाई र उनीहरुका पुस्ताका सम्पूर्ण नेताहरुलाई विवेकशील पार्टीले पासपोर्ट उपहार दिएर अधिनायकवाद विरुद्धको प्रदर्शन गरेको छ ।

National Life

मुख्य नेतृत्वमा रहेका राजनीतिक दलका नेताहरुको गैर जिम्मेवारपूर्ण व्यवहारले नागरिकहरुमा निरन्तर सामूहिक नैराश्यता छरेको र युवाहरु विदेशिनको लागि बाध्य भएर पासपोर्ट लिने लाइनमा बस्नु परेको भन्दै पासपोर्ट उपहार दिएर प्रदर्शन गरिएको हो।

मुख्य राजनीतिक दलका प्रमुख नेताहरुकै अकर्मण्यताको कारण देशको अर्थतन्त्रसँगै पासपोर्ट पनि निरन्तर कमजोर बनेको र ४० वर्ष भन्दा मुनिका महिलाहरुलाई विदेश जाँदा वडा र परिवारको सिफारिस अनिवार्य गर्न सिफारिस गरेका विषयहरुको विरोधमा सांकेतिक विरोध स्वरुप पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता छिरीङ तामाङले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

अधिनायकवाद विरुद्धको दोस्रो चरणको आन्दोलनको स्वरुपमा विवेकशील दलले हरेक सोमबार र बिहीबार माइतीघरमा प्रदर्शन गर्दै आएको छ।

 

प्रतिकृया