• १० असोज २०८३, शनिबार
  • ९ः४५ राती

यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने मन्त्री गुरुङको प्रतिबद्धता

प्रकाशित मिति

२०७७ माघ २६ गते, सोमबार ०४:३१

काठमााडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैंत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैंत्री बनाउन लागिपर्ने बताएका हुन् ।

National Life

सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको सामूहिक भेटमा उनले ग्राहकलाई ठगिन नदिन तथा सडक जाम लगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प नरहेको स्पष्ट पारे ।

त्यस अवसरमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सवारी साधनहरुको सञ्चालन र व्यवस्थापन गर्न सवारी चालकहरुलाई आग्रह समेत गरे । उनले सामाजिक सेवाको भावनाअनुसार बिरामीहरुलाई निःशुुल्क सेवा दिन पनि सवारी चालकहरुको ध्यानाकर्षण गराए ।

Classic Tech Mobile
Classic Tech Desktop

यता समाजका अध्यक्ष पूूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरिरहेका तथा ऐन विपरित सञ्चालनमा आएका निजीकार, भ्यान, जीपको अनुुगमन गरी कार्वाही गर्न माग गरेका थिए । जवाफमा मन्त्री गुरुङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् यातायात ऐन प्रतिकूल हुने गरी सञ्चालनमा आएका सवारी साधनहरुको व्यवस्थापनमा लागिपर्ने बताएका थिए ।

भेटमा समाजले समय सापेक्ष सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्न, चालक तथा चालक मजदूरहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने लगायतका १४ बुुँदे मागसहितको ज्ञापनपत्र मन्त्री गुरुङलाई बुुझाएको थियो ।

प्रतिकृया