• ११ असोज २०८३, आइतबार
  • ८ः५९ राती

चिनियां विदेशमन्त्री र परराष्ट्रमन्त्री ज्ञवालीबीच टेलिफोन वार्ता ५ लाख खोप उपलव्ध गराउने प्रतिवद्धता

प्रकाशित मिति

२०७७ माघ २४ गते, शनिबार ०६:१०

काठमाडौँ–परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियां विदेश मन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ । शुक्रवार सांझ एको फोनवार्तामा चिनियां विदेशमन्त्रीले चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पांच लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

National Life

फोन वार्तामा नेपालको पछिल्लो राजनैतिक अवस्थाको वारेमा समेत छलफल भएको स्रोतको दावी छ । चिनियां दूतावासमा प्रवक्ता झांग सीले दुवै देशका विदेशमन्त्रीबीच द्धिपक्षिय हित र कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउनेबारे छलफल भएको बताए ।

यसअघि नेपालका लागी चिनियां राजदूत होउ यान्छीले तीन लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएकी थिईन ।परराष्ट्रमन्त्री ज्ञवालीले खोप उपलव्ध गराएकोमा चिनियां समकक्षीलाई धन्यवाद दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया