• १७ असोज २०८३, शनिबार
  • १२ः५४ राती

एनआरएनले शनिवार भर्चुअल मनोरञ्जनात्मक कार्यक्रम गर्ने

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार ०६:१२

काठमाडौं- बिभिन्न देशहरुमा अन्तरक्रिया, गोष्ठी, सभा, सम्मेलन गर्दै आइरहेको गैर आवासीय नेपाली संघ कोभिडको महामारीसंग़ै आफ्ना गतिबिधिहरुलाई भर्चुअल माध्यमबाट सक्रिय बनाऊँदै आएको छ। आगामी ६ तारिक शनिवार संसारभरि रहेका एनआरएनहरुले भर्चुअल माध्यमबाट आत्मीयता साटने भएका छन । जसलाई “ल्च्ल् च्भाभिअतष्यल (द्दण्द्दज्ञ“ नाम दिइएको छ ।

National Life

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो देखि बर्तमान अध्यक्ष कुमार पन्तसम्मले कार्यक्रममा चुटकिला, मुक्तक , सायरीका साथ मनोरंजनात्मक प्रस्तुतिमा उपस्थिति हुने भएका छन। कार्यक्रममा सबैले आआफ्नो घरमा बसेर मनोरंजनात्मक रूपले उपस्थिति जनाउने छन । एसिया, मिडल इस्ट, अफ्रीका, युरोप, अस्ट्रेलिया तथा अमेरिका क्षेत्रबाट सबै जना पुराना तथा नंया एनआरएनहरु सहभागी हुने जनाइएको छ ।

संयोजक तथा परिकल्पनाकार एनआरएन जापानका पुर्ब अध्यक्ष एबं एसिया प्यासिफिकका उपसंयोजक पारसमणि पोखरेलले कार्यक्रमको बारेमा जानकारी दिदै भने” कोभिडको बिचमा यो भर्चुअल रुपमै भएपनि मनोरंजनात्मक कार्यक्रमले फ्रेश गराउने र हामी गैरआवासीय नेपालीहरूलाई अझ आत्मीय, एकताबद्द बनाउने छ । अझ भनौ कार्यक्रमको उधेश्य नै भर्चुअलको माध्यमबाट एक अर्काको मनलाई फ्रेस बनाउने कोशिश हो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालका राष्ट्रिय कलाकारहरु आनन्द कार्की, दिपाश्री निरौला, जितु नेपाल, सुगम पोखरेल, सन्दिप क्षेत्री अनि सिर्जना खत्रीको समेत सहभागी हुने जनाईएको छ । उक्त दिन प्रत्यक्ष अप्रत्यक्षरूपमा ५० हजार जनाले लाइभ हेर्न मिल्ले गरी तयारी गरीएको संयोजक पारसमणि पोखरेल बताउछन । कोभिडका बिचमा पनि एनआरएनमा केहि नंया र क्रिएटिभ काम गर्दै आएका पोखरेल यो कार्यक्रमलाई नितान्त मनोरंजनको लागि नंया सोचमा तय गरीएको बताउछन ।

प्रतिकृया