• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

बिहीबार १७१ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०४:३६

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ सय २७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ।

हाल देशभर २ हजार २ सय ७७ सय जना सक्रिय संक्रमित रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३३ पुगेको छ।

प्रतिकृया