• २१ असोज २०८३, बुधबार
  • २ः२० राती

प्रचण्ड दालमोठ, चिउरा र पानी साथमा लिएर सडकमा

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार १२:४०

काठमाडौं – नेकपा नेपाल –दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आमहड्तालका क्रममा सातदोबाटो र पुल्चोक क्षेत्रमा पुग्नु भएको छ । पुल्चोक क्षेत्रमा दालमोठ, चिउरा र पानी साथ धर्नाका बस्नु भएका दाहालले सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले आफुहरु सडकमा आएको बताउनु भयो ।

National Life

प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।

सबै शीर्ष नेताहरु नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ ।

 

प्रतिकृया