• २१ असोज २०८३, बुधबार
  • ५ः३० बिहान

सिटिजन्स बैंक र होटल मेरिडियनबीच सम्झौता

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०६:४०

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल मेरिडियन सुन्धाराबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

National Life

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहहरुले होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउँनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा ए टि एम र १ सय ७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया