कैलालीमा सशस्त्र प्रहरीको थप २ बीओपी स्थापना
प्रकाशित मिति
२०७७ माघ २१ गते, बुधबार ०७:४१
कैलाली– कैलालीमा सय- एक किलोमिटर खुला सिमाना रहेको दुई बीओपी स्थापना भएका छन् । जिल्लामा स्वीकृत भएका बीओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बीओपी लठ्ठाघाट र टीकापुर नगरपालिका–७ मा बीओपी कालाकुण्डा स्थापना भएका हुन् ।
बीओपी लठ्ठाघाटको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लालुराम चौधरीले संयुक्तरुपमा उद्घाटन गरे ।
बीओपी कालाकुण्डाको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डगौरा थारु संयुक्तरुपमा उद्घाटन गरे ।
नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य, जनताको सेवा र सुरक्षाको खातिर ठूलो जिम्मेवारी आएको बताए ।







प्रतिकृया