• १० असोज २०८३, शनिबार
  • ८ः१३ राती

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता आज

प्रकाशित मिति

२०७७ माघ २० गते, मंगलवार ०४:२८

काठमाडौं: राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता आज मंगबलबार एउटा मात्र खेल हँदैछ।

National Life

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा मंगलबार हुने खेलमा स्याङ्गजाको वालिङ्ग नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका भिड्दै छ। यी दुइबिचको खेल दिउँसो २ बजेबाट शुरु हुनेछ।

वालिङ्ग ५ खेलमा ५ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ भने चन्द्रपुर ५ खेलमा ३ अंकका साथ छैठौं स्थानमा
रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दुबै टोलिका आजको खेलमा प्रतियोगिताको दोश्रो जित निकाल्ने दाउँमा छन्।

प्रतियोगिताको शिर्ष स्थानमा ६ खेलमा १८ अंक जोडेको सशस्त्र प्रहरी बलको एपीएफ छ भने ५ खेलमा १० अंक भएको त्रिभुवन आर्मी क्लब दोश्रो स्थानमा रहेको छ।

तेश्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको ८ अंक छ भने चौथो स्थानमा रहेको मोरङ्गको विराटनगर महानगरपालिकाको सात अंक छ।

यस्तै ५ खेल खेलेको अंकविहिन उदयपुरको चौदण्डी नगरपालिका लिगको पुछारमा अर्थात सातौं स्थानमा रहेको छ।

प्रतिकृया