सुन्दर र जवान देखिने विभिन्न घरेलु उपाय
प्रकाशित मिति
२०७६ जेष्ठ १५ गते, बुधबार ०९:४८
जो कोहीलाई पनि आफु सुन्दर र जवान देखिन मन लाग्छ । सोही अनुसार अहिलेका धेरै युवा पुस्ताहरु घरेलु तरिकाबाट आफुहरु सुन्दर देखिन खोज्छन् ।
अर्को कुरा मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ। यही चाहनाअनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ।
सुन्दर भन्नेवित्तिकै धेरैजसो मानिसले राम्रो अनुहारलाई मात्र बुझ्ने गरेका छन्। तर, अनुहार मात्र हेरेर सुन्दरताको मापन हुँदैन। सुन्दर र जवान देखिन शीरदेखि पाउसम्म मात्र होइन, सोचमा पनि सुन्दरता झल्किएको हुनुपर्छ।
यस्ता कार्यहरु घरमै गर्दा पनि सुन्दर र जवान देखिन सकिन्छ
ठिक समयमा सुत्नेः आफु सुन्दर बन्न शरीरलाई आराम चाहिन्छ ।
। त्यसैले सबैभन्दा पहिला सुत्ने समय ठिक हुनुपर्छ। वयस्क व्यक्तिले दैनिक ६ देखि ८ घन्टा सुत्नुपर्छ। जसले हाम्रो शरीरलाई फ्रेस बनाउँछ। बेलुका चाडै सुत्र्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ। दैनिक सुत्ने समय एउटै बनाए मात्र हाम्रो शरीर र अनुहारको लागि राम्रो हुन्छ।
सन्तुलित भोजन गर्नेः स्वस्थ रहन सन्तुलित भोजनको अत्यन्त आवस्यक हुन्छ । सन्तुलित भोजन मिलाएर गर्नु शरीरका लागि फाइदाजनक हुन्छ। सकेसम्म बढी मात्रामा सरियो साग, फलफुल, बदाम, काजु, ओखर, आल्मन भएका खानेकुरा दैनिक सेवन गर्नुपर्छ। जसले गर्दा शरीर सुन्दर र जवान देखिन्छ।
धूम्रपान नगर्नेः धूमपानले श्वासप्रश्वासलाई मात्र नभएर अनुहारलाई पनि असर गर्छ। त्यसैले सधैं सुन्दर र जवान देखिन धूमपान गर्नु हुँदैन।
शारीरिक व्यायाम गर्नेः बिहान कम्तीमा ३० मिनेट व्यायाम गर्नुपर्छ। बिहन हिँडडुल गर्ने, दैनिक ४ देखि ६ लिटर पानी पिउनुपर्छ। पानीले अनुहारमा आएका पिम्पलहरु घटाउने काम गर्छ र व्यायामले शरीरलाई फ्रेस बनाउनुका साथै शरीर स्वस्थ राख्न मद्दत गर्छ।
केमिकलको प्रयोग नगर्नेः कतिपय क्रिममा केमिकलको मिसावट भएको पाइन्छ। त्यस्ता क्रिमको प्रयोगले हानि र्पुयाउँछ। साथसाथै अनुहारमा पाउडर प्रयोग गर्नु हुँदैन। पाउडरले अनुहारलाई सुख्खा बनाउँछ र चाँडै चाउरी बनाउँछ।
यसरी यति मात्रामा मात्रै दैनिक कार्य गर्यो भनेपनि स्वास्थ्य सुन्दर र जवान देखिन्छ ।





प्रतिकृया