देशका लागी खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ : अध्यक्ष प्रचण्ड
प्रकाशित मिति
२०७६ जेष्ठ १५ गते, बुधबार ०९:३१
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको पहिचानलाई अन्तर्रा्ष्ट्रिय क्षेत्रमा लैजान खेलकूदले सहयोग गरेको बताउनुभएको छ ।
नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्रा्ष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दैै अध्यक्ष दाहालले समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको पहिचानलाई अन्तर्रा्ष्ट्रिय क्षेत्रमा लैजान खेलकूदले सहयोग पुगेको छ ।’ युवा जनशक्तिमा सभ्यता र अनुशासन सिकाउन खेलकूदले सहयोग पुग्ने उहाँको भनाइ छ ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण योजना अगाडि ल्याएको भन्दै सरकार खेल र खेलाडीलाई प्रोत्साहन गर्न लागिरहेको बताउनुभयो ।
प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका ३०० खेलाडीको सहभागिता रहेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले उत्कृष्ट प्रशिक्षक तथा खेलाडीलाई सम्मान गरेका थिए ।




प्रतिकृया