• २३ भदौ २०८३, मंगलबार
  • १ः४९ दिउँसो

उच्च रक्तचाप भएको ब्यक्तिले ध्यान दिनु पर्ने कुराहरु

प्रकाशित मिति

२०७६ जेष्ठ १५ गते, बुधबार ०९:५२

उच्च रक्तचाप भएको ब्यक्तिले खानपान तथा शारीरिक क्रियाकलापमा ध्यान दिनु पर्दछ ।
उच्च रक्तचाप भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु

National Life

१. उच्च रक्तचाप भएको ब्यक्तिले धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन गर्नु हुदैन ।

२. उच्च रक्तचाप भएको ब्यक्तिले मोटोपना घटाउने गर्नु पर्दछ ।

Classic Tech Mobile
Classic Tech Desktop

३. उच्च रक्तचाप भएको ब्यक्ति दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।

४. दिनदिनै फलफूल खानुका साथै गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने ।

५. दैनिक सलाद गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएर खाने ।

६. नियमित रुपमा ध्यान, योगासन, प्राणायाम गर्ने ।

७. नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।

प्रतिकृया