प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास
प्रकाशित मिति
२०७७ माघ १७ गते, शनिबार ०६:०१
चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा निर्माण गर्न लागिएको सिटीहलको शिलान्यास गरेका छन । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उनले आज शिलान्यास गरेका हुन । शिलान्यास समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराएका थिए ।
देशको मध्यभागमा रहेर पनि ठूलो सभा-समारोह आयोजना गर्न हलको अभाव भएपछि सरकारले सिटीहल निर्माण शुरु गरेको हो ।
शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी भएका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले सिटीहलको शिलान्याससँगै ताम्रपत्र अनावरण गरेका थिए ।
सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्यान्ड, बगैँचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ ।
सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो । सिटीहल निर्माणपछि यसको व्यवस्थापन भरतपुर महानगरले गर्नेछ ।
दुई वर्ष तीन महिनाभित्रमा काम सम्पन्न गर्ने गरी मङ्सिर १८ गते सम्झौता भएको हो । सम्झौता भएलगत्तै कामलाई तीव्रता दिइएको छ । सिटीहल बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम यहाँ गर्न सकिनेछ ।







प्रतिकृया