• ९ असोज २०८३, शुक्रबार
  • १०ः५९ राती

राष्ट्रिय बिभुति बलभद्र कुँवरको २३१ औँ जन्मोत्सवको मेयर दाहालद्वारा उद्घाटन

प्रकाशित मिति

२०७७ माघ १७ गते, शनिबार ०६:५३

चितवनः राष्ट्रिय बिभुति बीर बलभद्र कुँवरको २३१ औँ जन्म उत्सवको अवसरमा भरतपुर महानगरका नगर प्रमुख रेणु दाहालले उद्घाटन गरेकी छन् ।

National Life

शनिबार चितवनको भरतपुर महानगरपािलका–२ स्थित जलदेवी समूदायीक बन पार्कमा रहेको शलिकको मेयर दाहालले उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर दाहालले विर सेनानी कँुवर प्रति भावपुर्ण हार्दिक श्रदान्जली व्यक्त गर्दै उनको स्मरण गरिन् । उनले भनिन्, सन् १८१४ देखि १८१६ सम्मको नालापानी युद्धमाको नायकको रुपमा हामीले उहाँलाई चिन्छौँ । उहाँले गरेको बिरताको इतिहास् हामी सबै लाई जनकारी नै रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै उनले राम्रो हातहतियार भएको अग्रेजहरुसँग बलभद्रले घरेलु हातहतियार त्यसमाथि पनि महिला केटा केटी लिएर देशका लागि युद्ध गरेर आफ्नो बाहादुरी देखएका कारण हामी सदा सम्झिरहेको बताइन् ।

उक्त कार्यक्रममा बोल्दै बरिष्ठ उपादक्ष डा धन बाहादुर कुँवरले बहादुर बलभद्र कुँवरले घरेलु हतियार र बुढा बुढी केटा केटी लिएर बहादुरका सथा अग्रेजसँग युद्ध गरेका कारण अग्रेजले सम्मानका साथ सन् १८२३ मा राखिएको सिलालेख अहिले पनि नालापनीमा रहेको बताए ।

उनले विश्वमा कहि पनि दुश्मनलाई सम्मान गरिदैन भन्दै यस्ता व्यक्तिलाइुए इतिहासले बिर्सिन नहुने र यसको लागि राज्यले समेत पहल थाल्नुपर्ने बताए ।

कार्यक्रममा कुँवर समाजका समाजसेवी, नगर प्रमुख र विभिन्न संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया