• ७ असोज २०८३, बुधबार
  • ८ः५१ राती

नेपाल इन्फ्राष्ट्रक्चरको आइपिओ बाँडफाँड, सबैले पाए ५० कित्ता

प्रकाशित मिति

२०७७ माघ १६ गते, शुक्रबार १२:५८

काठमाडौं- नेपाल इन्फ्राष्ट्रक्चर बैंकको प्राथमिक शेयर शुक्रवार बाँडफाँड भएको छ। ५० कित्तासम्मको आवेदन दिने सबैले शेयर प्राप्त गरेका छन्। ५० कित्ता भन्दा धेरैको लागि आवेदन दिने मध्ये ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। सर्वसाधारणले अधिकतम ६० कित्तासम्म शेयर प्राप्त गरेका हुन्।

National Life

क्यापिटलका अनुसार १० कित्ताको लागि मात्रै आवेदन दिने ३४ हजार ३० जना, २० कित्ताको लागि मात्रै आवेदन दिने २९ हजार ८५४ जना, ३० कित्ताको लागि मात्रै आवदेन दिने २० हजार २४८ जना, ४० कित्ताको लागि मात्रै आवदेन दिने १६ हजार ९३४ जना थिए। उनिहरु सबैले माग बराबरकै शेयर प्राप्त गरेका हुन्।

बैंकले सर्वसाधारण समुह तर्फको ८ करोड कित्ता प्राथमिक शेयर मध्ये कर्मचारीले एक लाख ६० हजार कित्ता र म्युचुअल फण्डहरुले ४० लाख कित्ता खरिद गरेका छन्। बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

माघ २ गतेदेखि ६ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो। प्राथमिक शेयरमा १४ लाख ८१ हजारले आवदेन दिएका थिए। जस मध्ये ६ हजार २७५ जनाको आवेदन अयोग्य भएको छ। योग्य आवेदक १४ लाख ७५ हजार ८ जनाले नै शेयर प्राप्त गरेका छन्। बैंकको प्राथमिक शेयरमा माग भन्दा २.२१ गुणा बढि आवेदन परेको थियो। नेपालको इतिहासमै यो सबैभन्दा ठुलो आइपिओ हो।

 

 

प्रतिकृया