• ७ असोज २०८३, बुधबार
  • ८ः१३ राती

एनएमबि बैकको दोस्रो त्रैमासिकमा खुद नाफा १/ ६१ अर्ब

प्रकाशित मिति

२०७७ माघ १५ गते, बिहीबार ०१:१८

काठमाडौं: एनएमबि बैकले दोस्रो त्रैमासिकमा खुद नाफा रु १.६१ अर्ब कमाएको छ।
जसमध्ये वितरण योग्य नाफा रू १.५१ अर्ब छ।

National Life

आर्थिक वर्ष २०७७/०७८ को दोश्रो त्रयमासमा एनएमबि बैंक खूद मुनाफा रु.१ अर्ब ६१ करोड पुगेको छ। उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीका लागि वितरण योग्य नाफा रु.१ अर्ब ५१ करोड रहेको बैंकले जनाएको छ।

दोश्रो त्रैमासिक सम्ममा बैंकको कूल निक्षेप रु.१ खर्ब ४९ अर्ब र कूल कर्जा सापट रु.१ खर्ब ४४ अर्ब पुगेको छ। बैंकले यस आवको ६ महिना भित्रमा निक्षेपमा रु.१४.६१ अर्ब र कर्जा तथा सापटमा रु.२१.८८ अर्बले वृद्घि गर्न सफल भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६% बाट वृद्घि भई ३.९५% र कर्जा तर्फ ४.१९% बाट वृद्घि भई ४.४३% पौष मसान्त सम्ममा पुगेको छ।

त्यसैगरी, निक्षेपमा भएको वृद्घिमा बचत निक्षेपको हिस्सा ६५% रहेको छ। कर्जा तथा सापट वृद्घि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ। बैंकले पौष मसान्त सम्ममा कूल ३,२३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ।

 

यस आवको पौष मसान्त सम्ममा बैंकको पूंजी कोष अनुपात १३.६८% रहेको छ भने निष्किृय कर्जाको अनुपात २.३८% रहेको छ। यस्तै एनएमबि बैंक विगत ४ वर्षमा ३ पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ।

प्रतिकृया