चोरीका मोटरसाईकल सहित १ जना पक्राउ
प्रकाशित मिति
२०७७ माघ १५ गते, बिहीबार १०:१५
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा हुने मोटरसाईकल चोरी नियन्त्रण उपर चलाएको विशेष अप्रेसनमा चोरीका मोटरसाईकल सहित १ जना पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरी प्रदेश ३-०२-००८ प
७८७२ नम्बरको नम्बरको कालो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा मोटरसाईकल सहित १ जनालाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेमा जिल्ला नुवाकोट सुर्यगढी गाउँपालिका ( ४ घर भई हाल तारकेश्वमर नगरपालिका ( ८ जरंखु बस्ने वर्ष ३३ को बिष्णु तामाङ्गरहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-०१२ प ६८३६ खुल्न आएको छ ।
काठमाण्डौ टोखा नगरपालिका ( ८ बस्ने राजेन्द्र पाण्डेले हराएको भनि यस महाशाखामा निवेदन दिएका थिए ।
महाशाखाले उक्त मोटरसाईकल सहित चोरीमा संलग्न उक्त व्यक्तिलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाईएको जानकारी दिए ।







प्रतिकृया