• ७ असोज २०८३, बुधबार
  • १०ः१९ राती

आज सुनको मुल्य घट्योे, कति पुग्यो ?

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार १२:१९

काठमाडौं:  आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार ७ सय रुपैयाँले सुनको मुल्य घटेकोे हो ।

National Life

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मुल्य ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, चाँदीको मुल्य आज घटेको छ । चाँदी तोलामा सोमबार १ हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा खरिद बिक्रि भईरहेको थियो ।

प्रतिकृया