• ९ असोज २०८३, शुक्रबार
  • ३ः३३ दिउँसो

युवती लिएर होटलमा छिरेका युवा मृत अवस्थामा भेटिए

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०५:५८

काठमाडौंः युवतीसहित एक होटलमा पसेका युवक मृत अवस्थामा भेटिएका छन् ।

National Life

सोमबार बिहान राजधानीको धुम्बाराहीस्थित एक होटलमा बिहान पुगेका एक युवक त्यसको केही समयमा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार काठमाडौँको बुढानिलकण्ठ नगरपालिका(१३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठ धुम्बाराहीको विभोर होटलमा सोमबार बिहान पुगेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

कोठा बुक गरेर बसेका उनी अचेत भएपछि सँगै रहेकी युवतीले होटल व्यवस्थापनलाई खबर गरेको काठमाडौँ प्रहरी परिसर प्रवक्ता प्रमेश विष्टले जानकारी दिए।

उनका अनुसार श्रेष्ठ छाती दुखेको भन्दै ओछ्यानमा गएर पल्टिएका थिए।

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिकृया