• १० असोज २०८३, शनिबार
  • ३ः३१ दिउँसो

दुई करोड ७५ लाख ठगी आरोपमा पक्राउ परे स्कुल सञ्चालक

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार १२:५९

काठमाडौं:झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको छ।

National Life

शनिबार काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि रु दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए।

उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ।रासस

प्रतिकृया