• ४ साउन २०८३, सोमबार
  • २:१३ बिहान

भक्तपुरमा पर्यटकको आगमन बढदै, लगभग ३५ हजारले वृद्धि

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:३९

 भक्तपुर ।
ऐतिहासिक, धार्मिक र साँस्स्कृतिक रुपले निकै ख्याती कमाएको भक्तपुरमा पर्यटकहरुको आगमन दिन प्रति दिन बढ्दै गएको छ । भक्तपुर पर्यटकहरुको लागि प्रख्यात क्षेत्र हो ।

भक्तपुर पर्यटक क्षेत्रको रुपमा रहेको हुँदा पहिलेको तुलनामा बढी पर्यटकहरु धुम्नको लागि आउने गरेका छने । यहाको सुन्दरता जति छ त्यति पर्यटकको आँखा पुग्न सकेको छ । नेपालमा भित्रीयका पयटक मध्ये धेरै पर्यटकहरु भक्तपुर नगर भ्रमण गर्न आउने गर्दछन । भक्तपुरले धार्मिक क्षेत्रको हिसाबले मात्र नभई पर्यटकीय हिसाबले पनि त्यतिनै ख्याती कमाएको छ ।

Kamana Sewa

भक्तपुर अवलोकनका लागि आउने बाह्य पर्यटकको संख्यामा लगभग ३५ हजारले वृद्धि भएको छ । विसं २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८ सय ३४ जनाले बढेको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जनाएको छ । यस क्षेत्रको सुन्दरतामा पर्यटकको आँखा पुग्ने गर्दछ । सुन्दरता देखेर पर्यटकहरु यँहा आउन रुचाउछन् ।

Classic Tech Desktop

केन्द्रका अनुसार २०७४ सालमा सार्क राष्ट्र तथा चीनका ९३ हजार ५ सय ३० र अन्य राष्ट्रका १ लाख २५ हजार ४ सय ९९ पर्यटक गरी २ लाख १९ हजार २९ बाह्य पर्यटकले भक्तपुर अवलोकन गरेका थिए भने २०७५ सालमा सार्क तथा चीनका १ लाख १५ हजार ९ सय ६ र अन्य राष्ट्रका १ लाख ३७ हजार ९ सय ५७ गरी २ लाख ५३ हजार ८ सय ६३ जना पर्यटकले भक्तपुर नगरको अवलोकन गरेको देखिएको छ ।
विशेष गरि भक्तपुरको आकर्षक केन्द्र विन्दू भनेको विश्व सम्पदा सूचीमा रहेको चागुनारायण, पाँचतल्ले मन्दिर र पचपन्नयाले दरबारको जस्ता सम्पदाहरुको अवलोकन गर्नको लागि पर्यटक भक्तपुर भित्रीने गर्दछन् । पक्षका साथै नगरकोटमा पनि पर्यटक धुम्न आउने गर्दछन् । यस्ता क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा लिइन्छ।

भक्तपुर अवलोकनमा आउनुका कारण
सांस्कृतिक तथा ऐताहासिक धरोहर, प्राकृतिक विविधता तथा इतिहास, कला एवं बहुसांस्कृतिक सम्पदाले भरिपूर्ण, नेवार जातिको जीवनशैलीसँग घुलमिल गर्न, अध्ययन अनुसन्धान गर्न तथा विश्व सम्पदास्थलको भ्रमण गर्न विश्वभरिका पर्यटकहरु भक्तपुर नगरको अवलोकन गर्न आउने गरेको नगरपालिकाले जनाएको छ ।
स्वच्छ, सफा, शान्त र पर्यटकका लािग सुरक्षित वातावरण तथा सम्पदाको पुनर्निर्माणले गति लिएको कारण भक्तपुरमा पर्यटक बढेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

कुन महिनामा कति पर्यटक आए ?
पछिल्लो समयमा भक्तपुर नगर अवलोकन गर्न सबैभन्दा बढी चीनबाट पर्यटकहरु आएका छन् । त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेन लगायत देशका पर्यटक रहेको केन्द्रले जनाएको छ ।

कसलाई कति शुल्क लाग्छ ?

भक्तपुर नगर अवलोकन गर्न सार्क राष्ट्र र चीनका पर्यटकहरुबाट ५०० रुपैयाँ र अन्य राष्ट्रका लागि १५०० रुपैयाँ प्रवेश शुल्क लाग्ने गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पर्यटकहरुसँग सेवा शुल्क उठाउन नगरका १४ स्थानमा काउन्टर स्थापना गरेर कर्मचारीहरुको व्यवस्था गरेको छ । भक्तपुर प्रवेश गर्ने पर्यटकहरुसँग उठाउने सेवा शुल्क नगरपालिकाको प्रमुख आयस्रोत हो ।
यसरी संकलन गरिएको रकम पर्यटकको सुविधालाई मध्यनजरमा राखेर सार्वजनिक शौचालय, जीर्ण अवस्थामा रहेका मठ–मन्दिर, पाटीपौवाको निर्माण र ऐतिहासिक सम्पदाहरुको संरक्षण र मर्मत कार्यका लागि खर्च गर्ने गरिएको नगरपालिकाले जनाएको छ । यसले गर्दा कला संस्कृतिलाई जोगाई राख्नका लागि सहयोग पुगेको बताइएको छ ।

पर्यटन व्यवसायीहरुका गुनासा
यता पर्यटन व्यवसायीहरुले भने भक्तपुरमा पर्यटकहरुको चहलपहल बढे पनि व्यापार उत्साहजनक नभएको गुनासो गर्ने गर्छन् । भक्तपुरमा पर्यटकले घुम्ने निश्चित ठाउँ मात्र हुँदा बढीमा ५ घण्टा बिताएर काठमाडौं फर्किने गर्नाले आफूहरुको व्यापार नबढेको गुनासो पोख्छन् ।
भक्तपुरमा रात्रिकालीन व्यवसाय नहुँदा पर्यटकहरु बस्न नचाहेको र पर्यटन व्यवसाय उत्साहजनक नरहेको व्यवसायीहरुको भनाइ छ । होटेल व्यवसाय गर्दै आएका व्यवसायीहरुले पनि भक्तपुरमा पर्यटकको बुकिङ लिन सकेका छैनन् । यहाँ पर्यटकले लन्च मात्र खाई काठमाडौं नै फर्किएर जाने हुनाले होटेल बुकिङ हुन नसकेको उनीहरु बताउँछन् । भक्तपुर नगरपालिकाले पर्यटकसँग १५ डलर प्रवेश शुल्क लिए पनि सोअनुसारको सेवासुविधा नदिँदा भक्तपुर आउने पर्यटकहरु केही घण्टा घुमेर काठमाडौं फर्कने गरेको व्यवसायीहरुको गुनासो छ ।

विगतका वर्षहरुमा भन्दा पछिल्ला वर्षमा भक्तपुर नगरप्रति बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । भक्तपुर नगरमा नेवारी संस्कृतिको बाहुल्यता रहे पनि यो क्षेत्रमा अन्य जनजातिको पनि बसोबास रहेको छ । पर्यटकको बृद्धिले गर्दा भक्तपुरको आर्थिक सामाजिक पक्षको पनि विकास हुन्छ । भक्तपुर नगरका ऐतिहासिक तथा आकर्षक सुन्दरता, रमणीय क्षेत्रको अवलोकन, स्मरण र भ्रमणका लागि दिन प्रतिदिन पर्यटकको आगमन बढ्दै छ ।

प्रतिकृया