• १३ असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

प्रदेशमा पठाउने तयारी, एक ब्यक्तिलाई दुई डोज लगाइने

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०५:००

काठमाडौं – भारत सरकारको अनुदानमा नेपाल आइपुगेको कोरोना भाइरसविरुद्धको खोप सात वटै प्रदेशमा पठाउने प्रक्रिया अघि बढेको छ ।

National Life

‘कोभिशिल्ड’ नाम दिइको उक्त खोप शनिबारदेखि नै सातवटै प्रदेशमा पठाउन पक्रिया अघि बढाइएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

भारतबाट ल्याएपछि खोप, मन्त्रालयकै कोल्डस्टोर, स्वास्थ्य सेवा विभागको स्टोरमा राखिएको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला वा प्रदेशमा आवश्यक्ताका आधारमा जिल्लाका अस्पताल वा प्रदेशमा आइतबारदेखि पठाउन थालिने मन्त्रालयले जनाएको छ ।

आइतबार नै खोप केन्द्रहरु तोकिने छ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब तीनसय अस्पतालबाट खोप लगाइने प्रवक्ता गौतमले जनाएका छन ।

पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, सफाइ कर्मचारीलाई खोप लगाइने छ । खोप एक जना व्यक्तिलाई दुई डोज दिइनेछ ।

भारत सरकारलेनेपाल सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको हो ।

प्रतिकृया