• २३ भदौ २०८३, मंगलबार
  • ११ः४२ बिहान

लगानीकर्ताको आकर्षण अनलाइन कारोबारमा

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:०७

जेठ , काठमाडौँ। दोस्रो बजारमा अनलाइनबाटै शेयर कारोबार गर्न मिल्ने भएपछि लगानीकर्ताको आकर्षण बढ्न थालेको छ। व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी कोष र संस्थागत लगानीकर्ताले करिब एक चौथाइ कारोबार अनलाइनबाटै गर्न थालेका छन्।

National Life

नेपाल स्टक एक्सचेन्जले उपलब्ध गराएको तथ्यांक अनुसार गत एक महिनामा अनलाइनबाट मात्रै तीन अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अघिल्लो महिनामा दुई अर्ब ६० करोड रुपैयाँ बराबरको अनलाइनमार्फत शेयर कारोबार भएको थियो।जुन २१।१६ प्रतिशत बढी हो।

समग्र कारोबार रकममा समेत अनलाइन कारोबार उल्लेख्य छ।अघिल्लो महिनामा समग्र कारोबारमा अनलाइनको भूमिका २३ प्रतिशत थियो। तर गत महिना केही प्राविधिक कारणले अनलाइन कारोबार ७ प्रतिशतले खुम्चिएर १६ प्रतिशतमा समेटिएको छ। जबकि समग्र कारोबार रकममा भने यो महिना ५४ प्रतिशतले बढेको छ। अनलाइन कारोबारमा सबैभन्दा बढी भूमिका व्यक्तिगत लगानीकर्ताको देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया