बाबुरामलाई करिश्माको प्रश्न- यही हो राजनीतिक संस्कार ?
प्रकाशित मिति
२०७७ माघ ७ गते, बुधबार १२:२९
काठमाडौँ: नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर कुनै समय पूर्वप्रधानमन्त्री तथा नेता डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा आबद्ध थिइन् ।
नयाँ शक्तिमा रहँदा उनले पार्टीको हरेक गतिविधिमा सक्रिय सहभागिता जनाइन् । पछिल्ला वर्षमा आफ्नो पढाईलाई निरन्तरता दिएपछि उनले नयाँ शक्तिबाट आफूलाई अलग्याइन् । अहिले डा. भट्टराई पनि नयाँ शक्तिबाट जनता समाजवादी पार्टीका नेता भइसकेका छन् ।
करिश्माले डा. भट्टराईलाई राजनीतिक संस्कार सिक्न आग्रह गरेकी छन् । डा. भट्टराईले फेसबुकमा ‘ओली प्रतिगमनविरुद्ध आज (माघ ७ गते) सबै जिल्लाहरुमा हुने जसपाको जनसभामा सहभागी बनौं । म कैलालीको टीकापुरमा हुने जनसभामा सहभागी हुनेछु’ भन्दै स्टाटस पोस्ट गरेपछि करिश्माले त्यो स्टाटसमा आफ्नो आक्रोश पोखेकी छन् ।
करिश्माले बाबुरामको स्टाटसलाई शेयर गर्दै भनेकी छन्, ‘तपाईँ जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देखेर दुःख लाग्छ डा. साब । यही हो नेपालीले पाएको गणतन्त्र ! यही हो राजनीतिक संस्कार ? देश विकास कहिले हुने ?’







प्रतिकृया