• २८ भदौ २०८३, आइतबार
  • ५ः२५ बेलुका

संवैधानिक इजलासमा बहसका लागि समय तोकियो

प्रकाशित मिति

२०७७ माघ ७ गते, बुधबार १२:४१

काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ ।

National Life

प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय तोकिएको जानकारी दिएका हुन् ।

प्रधानन्यायाधीश जबराले बहसका लागि तयार रहेका वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई आधा घण्टामा बहस सक्न भन्दै समय निर्धारण गरिएको जानकारी गराएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

एउटै अधिवक्ताले लामो समयसम्म बहस गर्दा प्रतिनिधिसभा विघटनको मुद्दा फैसलामा ढिलाइ हुने भएको भन्दै अदालतले समयसीमा निर्धारण गरेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध गत आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

 

 

प्रतिकृया