• १३ असोज २०८३, मंगलबार
  • २ः०६ दिउँसो

पुष्पलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०६:०३

भक्तपुरः नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको ४१ औं जिल्ला सभा तथा ११ औं अधिवेशन सम्पन्न भएको छ ।

National Life

संस्था सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय उपाध्यक्ष्ँ वेदप्रसाद कोजुले उद्घाटन गरे ।

कार्यक्रममा संस्थाका केन्द्रीय पूर्व महासचिव धनमान श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय भक्तपुर प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजार,राष्ट्रिय क्षयरोग निवारण केन्द्रका उपसचिव मुक्तिनाथ खनाललेअधिवेशनको सफलताको कामना सहित क्षयरोगका बारेमा प्रकाश पार्नु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

केन्द्रीय उपाध्यक्ष वेदप्रसाद निर्वाचन अधिकृत रहेको उक्त निर्वाचन कार्य तालिका अनुसार माघ २ गते नै निर्वाचनको प्रक्रिया पूरा गरी सर्वसम्मत पुष्पलाल तिमिला सभापतिको नेतृत्वमा १० जना कार्यसमिति सदस्य निर्वाचित भएको थियो । नया“ कार्यसमितिमा निर्वाचित सदस्यहरुमा सुमन श्रेष्ठ, राजेश्वरी शिल्पकार, महेन्द्रलाल कायस्थ, सानु त्वाय्ना, रत्नालक्ष्मी भैलः, कृष्णदास श्रेष्ठ, रत्नलाल सा“द, सोमबहादुर पन्थ, सुरेश प्रधान र बालकृष्ण श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा नवनिर्वाचित सभापति र सदस्यहरुलाई निर्वाचन अधिकृत कोजुद्वारा सपथ ग्रहण पश्चात प्रमाणपत्र वितरण गरे । सोही कार्यक्रममा निवर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई पनि प्रशंसापत्र प्रदान गरियो ।

संस्थाका सहसचिव लक्ष्मण सुजखुले स्वागत गरिएको उक्त कार्यक्रम विजय कर्माचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो । साधाणसभाबाट सचिव र कोषाध्यक्ष एवं लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मतबाट पारित गरिएको थियो ।

प्रतिकृया